काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे।

उनले आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने उनको भनाइ थियो।

उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए। सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने उनले बताए।

यस्तै, उनले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने बताए। देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी रहेको उनको भनाइ थियो। उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तता नरहेको बताए।

21
Shares
८ चैत्र २०८१, शनिबार ०७:४५