प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका वरिष्ठ संस्कृतिविद्का अनुसार काली वा देवी पूजाको लागि कृष्णायां चतुर्दश्यां अष्टम्यां वा अर्थात् कृष्णपक्षको चतुर्दशी र अष्टमीतिथी शुभ फल दायक हुन्छ। उनका अनुसार यदि, बृहस्पति र शुक्र अस्त भएको बेलामा दशैँ, तिहार र अरु चाडबाडहरु मान्ने कि नमान्ने ? यो यक्ष प्रश्न छ।
‘बृहस्पति र शुक्र अस्तले चाडपर्व छेकिँदैन। शुक्लपक्ष र कृष्णपक्षको अष्टमीमा गोरखकालीको पूजा गरिन्छ। नेपाल पञ्चाङ्ग निर्माण विकाश समितिबाट निर्णित पात्रोहरुमा २०८१ चैत ९ गते, शनिवार।चैत्रकृष्णअष्टमीका दिन स्पष्टरूपमा गोरखकालीपूजा लेखिएको छ।ज्योतिषाचार्य,धर्मशास्त्राचार्य र संस्कृतिविदहरुको बृहद् बैठकबाट पञ्चाङ्ग र चाड पर्वको निर्णय गरिन्छ।अर्को कुरा गोरखा दरबार भनेको श्री ५ हरुको आफ्नो घर, आफ्नो दरबार हो,’सामाजिक सञ्जालमा उनी लेख्छन्। ,’ त्यसकारण श्री ५ ज्ञानेन्द्रले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरिबक्सेर आफ्ना कुलदेवी गोरखकालीको दर्शन,पूजन गर्न सकिबक्सन्छ। यसमा पनि २०८१ चैत ९ गते, शनिवार। चैत्रकृष्णअष्टमी गोरखकालीपूजाको पर्व हो। अत: २०८१ चैत ९ गते, शनिवार।चैत्रकृष्णअष्टमीका दिन श्री ५ ज्ञानेन्द्र सरकारवाट गरिबक्सने गोरखकालीपूजालाई शुक्र अस्तको दोष लाग्दैन।बौद्धतन्त्र अनुसार गरिने वज्रभैरवको पूजा त अझ संपूर्ण ग्रह गतिको अशुभ फल र दोष मेटाउने पूजा हो।त्यसकारण यस सन्दर्भमा Worry नहोउँ है त।’प्रोडा. गुरुङ यसअघि पूर्वराजा शाहको पोखरा भ्रमणका क्रममा पनि सहभागी थिए। पूजाआजाको प्रवन्ध गर्ने मुख्य व्यक्ति उनै हुन्।