निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णाय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा लेटाङ्गका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे । आयोजकका विवेक राई र कैलाश बस्नेतले गरेको प्रहार लेटाङका गोल रक्षक पूर्ण चेम्जुङ्गले उत्कृष्ट बचाइ गरिदिए । टाइब्रेकमार दुई गोल सेभ गर्ने पूर्ण खेलको म्यान अफ द म्याच घोषित भए । लेटाङको तर्फबाट टाइब्रेकरमा आशिष लावती र रमेश चौधरीले मात्रै गोल गरे ।
जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइलनमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । लेटाङको जितसँगै मिल्स गोल्डपको सेमिफाइनलको समिकरण पनि पूरा भएको छ ।यसअघि मंगलबार पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै सुनसरी इटहरीको टीएफसी तालतलैया सेमिफाइलनमा पुगिसकेको छ । फ्युजन फुटबल क्लब उदयपुरले सप्तरीको प्रोगेसिभ युवा क्लबलाई १–० गोलले हराउँदै सेमिफाइलनको यात्रा सुरक्षित गरेको छ । पेमा स्पोर्टिङ क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको छ ।
अन्तिम क्वाटर फाइलन खेल प्रतिस्पर्धात्मक भएको थियो । खेल सुरू भएको ४ औं मिनेटमा आयोजक लागि गुँरासले अग्रता लिएको थियो । भुवन बस्नेतले चलाखी पूर्ण तरिकाले जाली चुमाउदै टिमलाई अग्रता दिलाए । आशिष लावतीले निकालेको क्रस पासलाई भुवनले पोस्टको दिशा दिएका थिए ।आयोजकले अग्रता लिएको १३ मिनेट बित्न नपाउँदै लेटाङले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको १६ औं मिनेटमा लेटाङका अनोप मगरले निकालेको पासलाई सागर तिवारीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । बराबरीमा आएपछि खेल रोमान्चक बन्यो ।
दुवै टिमका खेलाडीहरुले निर्धारित समयमा गोल गर्ने थुप्रै अवसर खेर फाल्दा खेल टाइब्रेकरतर्फ धकेलियो । त्यसपछि टाइब्रेकरमा लेटाङले जित निकाल्न सफल भयो । बिहीबारको पहिलो सेमिफाइलन खेल गाइघाटको फ्यूजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच हुनेछ ।