काठमाडौं-  सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको हो।

फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाव भएपछि पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरी थियो। सोही उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले रायलाई पक्राउ गरेको हो।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिएको छ।
42
Shares
५ चैत्र २०८१, बुधबार १९:४१