काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय कार्यालयमा वाइसीएलकै नेताले तालाबन्दी गरेका छन् ।  सोमबार केन्द्रीय कार्यालयमा संगठनकै वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ ‘कसम’ को नेतृत्व टोलीले अनिश्चितकालका लागि तालाबन्दी गरेको छ ।  

केन्द्रीय समितिको बैठक बसेको ६ दिनसम्म पनि निर्णयहरू सर्कुलर नभएको र राष्ट्रिय सम्मेलन प्रभावित पार्ने नियत देखिएको भन्दै वाइसीएल कार्यालयमा तालाबन्दी गरिएको गुरुङले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा भएका निर्णयहरूलाई उल्लेख नगर्ने, नभएका निर्णय जबरजस्ती हाल्न खोज्ने, त्यसैका लागि बैठक बसेको ६ दिनसम्म पनि जारी नभएको बताउँदै, गुरुङले भने, ‘जानीजानी राष्ट्रिय सम्मेलनलाई प्रभाव पारेर सम्मेलन सार्ने नियत देखिएकोले यो सार्न पाइँदैन । निर्णय भएको कुरालाई लागू गरेर जानुपर्छ भन्ने मुख्य विषय हो ।’
21
Shares
३ चैत्र २०८१, सोमबार १९:३८