मंगलबार प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र केन्द्र कोशी प्रदेश संसदीय दलको नेता इन्द्र आङ्बोबीचको बिहान एक होटलमा भएको छलफलपछि प्रधानमन्त्री ओलीको सम्बोधनका क्रममा प्रदेशसभा बैठकमा केन्द्र बस्ने भएको हो ।
सो बारे प्रमुख सचेतक आङ्ग्बोले भने,’हामीले जे सन्दर्भ राखेका थियौं, त्यसलाई सम्बोधन गर्ने भइसकेपछि अहिलेको छलफल सकारात्मक भएको छ । यद्धपी, विपक्षी दलहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं ।’दिउँसो दुई बजे प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि, पूर्व जानकारी तथा सनम्बवय नभएको जनाँउदै माओवादीसहित विपक्षीले सोमबार नै बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए।