विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशीको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै छन् ।
प्रदेशसभा दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसको सबै तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यसअघि मोरङ सुन्दरहरैँचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ओली सहभागी हुने छन् । त्यसपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्न विराट आउने कार्यक्रम छ ।

कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार दिउँसो २ बजेबाट सुरु हुने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

 
35
Shares
२७ फाल्गुन २०८१, मंगलवार ०८:५२