विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘गल्स अन ह्वील’ प्रतियोगितामा प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएका छन् । विराटनगर ‘प्राइम राउन्ट टेबल–१०’ को आयोजनामा विराटनगरको सीटी प्यालेसमा शनिबार राति सम्पन्न भएको ‘गल्स अन ह्वील’ ‘फस्ट रनअप’ नम्रता शर्मा र सुजता शर्मा तथा ‘सेकेण्ड रनअप’ रिंकी धनावत र स्वेता तोदी घोषित भएका छन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न ‘गिफट ह्याम्पर’ प्राप्त गरेका थिए ।

‘फस्ट रनअप’ र ‘सेकेण्ड रनअप’ले क्रमश ४० हजार र २५ हजार नगदसहित ‘गिफ्ट ह्याम्पर’ पाएका थिए । प्रतियोगितामा १ स्कुटरमा २ जनाको दरमा ६० वटा स्कुटरको सहभागी रहेको विराटनगर ‘प्राइम राउन्ट’ टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागीले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए ।

‘प्रतियोगितामा भाग लिने प्रतियोगीहरुका लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगीहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलगअलग संकेत र ‘टास्क’हरु रहेको थियो । यसरी पूरा गरिएका ‘टास्क’का आधारमा सहभागी प्रतियोगीहरुले नम्बर प्राप्त गरेका थिए ।

सोही नम्बरकै आधारमा प्रतियोगीहरुबाट विजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगीहरुलाई नोबेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए ।

28
Shares
२६ फाल्गुन २०८१, सोमबार ०९:१३