विराटनगर । विराटनगरमा जारी प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा मोरङ र झापा विजयी भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा वैजनाथ क्रिकेट मैदानमा भइरहेको खेलमा मोरङले इलामलाई १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको हो ।

जित पछि मोरङ २ खेलमा ४ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने इलाम ३ खेलमा १ मा जित र २ मा हारका साथ २ अंकले चौथो स्थानमा भरेकोे छ ।

टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाई सय १८ रनको योगफल तयार पारेको थियो । मोरङका लागि सकिव हलले ४५ रन बनाउँदा चिराग साहले ४१, सन्तोष चौधरीले ३७ रन र फिर्दोस अन्सारीले २१ रनको योगदान दिए । इलामका सुयोग भट्टराई, हेमन राई र विशाल आचार्यले २–२ विकेट लिए ।

२१९ रनको लक्ष्य पछ्याएको इलामले १४ दशमलव ४ बलमा सबै विकेट गुमाई ४२ रनमा सिमित भयो । इलामका सन्दिप ढुंगानाले सर्वाधिक १३ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच महबुब बाबु इराकीले ३ विकेट लिँदा मिनस थापाले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा झापाले उदयपुरलाई ६ विकेटले पराजित गरेको छ । जित पछि झामा २ खेलमा १ मा जित १ मा पारजित हुँदा तेस्रो स्थानमा उक्लिएको छ भने उदयपुर ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

टस हारेर जितेर ब्याटिङ गरेको उदयपुले निर्धारित ५० ओभरको खेलमा ४३ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको योगफल बनायो । उदयपुरका आशिष भट्टराईले सर्वाधिक ८१ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच समिच कार्कीले ४ विकेट लिँदा सिद्धान्त कुमालले ३ विकेट दिए ।

१५२ रनको विजयी लक्ष्य पाएको झापाले ३९ दशमलव ५ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । झापाको जितमा दिपु भुजेलले अविजित ५१ रनको योगदान दिँदा सुजन थपलियाले ४३ रनको योगदान दिए ।

उदयपुरका दिपकराज जोशीले २ विकेट लिए । लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेका छन् ।

28
Shares
२० फाल्गुन २०८१, मंगलवार १९:५६