नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो । चाँदीको २५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको हो । चाँदीको मूल्य सोमबार प्रतितोला १९१५ रुपैयाँ थियो । आज १९४० रुपैयाँ कायम भएको छ ।

14
Shares
२० फाल्गुन २०८१, मंगलवार १३:३५