प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सोमबार निर्वाचन सम्भव भएन । फागुन १७ गते शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, मनोनित प्रतिनिधिको विषयमा विवाद बढेपछि अधिवेशन लम्बिएको छ ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् ।एमाले मोरङको कार्यसमिति १ सय ६५ सदस्यीय हुने छ । दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन् । नयाँ नेतृत्व चयानका लागि प्रतिनिधिले मतदान गर्ने छन् ।
३ सय २५ जनाको उम्मेदवारीअधिवेशनका लागि ३ सय २५ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्वाचनमार्फत ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय नयाँ कार्यसमिति चुनिने छ ।
श्रेष्ठले १ सय ६५ पदका लागि ३ सय २५ जनाको उम्मेदवारी परेको जानकारी दिए । निर्वाचन कमिटीले सोमबार राति उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार मंगलबार बिहान दाबी विरोध, अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम छ । निर्वाचनको काम तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ छ ।