विराटनगर । प्रधानमन्त्री कप – २०८१ छनोट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा बैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४ दशमलव ३ बलमा सवै विकेट गुमाई ६३ रनको सामान्य स्कोरमा सीमित भएको थियो । झापाका लागि आशिष राना मगरले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ म्याच प्रकाश कार्कीले ३ विकेट लिँदा भुपाल लुइटेलले २ विकेट लिए ।

६४ रनको सामान्य लक्ष्य पछ्याएको सुनसरीले २५ दशमलव २ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान दिए । झापाका सिद्धान्त कमितले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ४५ ओभरको खेलमा ३६ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ६५ रनको योगफल बनायो । इलामको लागि जितमा शिवान्स बजगाईँले सर्वाधिक ४० रनको योगदान दिए । उदयपुरका सोनु अन्सारीले ३ विकेट लिए ।

१ सय ६६ रनको विजयी लक्ष्य पाएको उदयपुरले ३९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ५३ रनमा सीमित भयो । उदयपुरका प्रभात किरणले ३३ रनको योगदान दिँदा सोनु अन्सारीले २८ रनको योगदान दिए । इलामका प्लेयर अफ म्याच इलामका विशाल आचार्यले ३ विकेट लिँदा हेमन राई, सन्दिप ढुङ्गाना र वि कामतले २–२ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरि ५ टिम सहभागि रहेका छन् ।
35
Shares
१९ फाल्गुन २०८१, सोमबार १८:५३