काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
देशका पहाडी भू–भागमा आज (आइतबार) बिहान आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा राति आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।