विराटनगर । सुनसरीमा प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपिओ गाडीबाट २९६ किलो गाँजा बरामद गरेको छ । आज बिहान करिब साढे ३ बजे सीमावर्ती क्षेत्रमा दुर्घटना भएको गाडीबाट २९६ किलो गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका- ४ स्थित छिटाहा नहरको बाटोमा रोक्न खाेज्दा एचआर ७० इ ९५०२ गाडी भागेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको टोलीले गाडीलाई रोक्न खोज्दा पनि गाडी भागेकाे थियाे । आज बिहान देवानगंज गाउँपालिका– ७ सिनवारीमा आफै अनियन्त्रित भई पल्टिएको अवस्थामा गाडी फेला परेकाे थियाे ।

सो स्कारपिओ भित्र प्लाष्टिकको बोरामा १० पोका गाँजा र सोही स्कारपिओ गाडी छेउमा रहेको उखुको ढोडमा लुकाई राखेको अवस्थामा ४ पोका गाँजा बरामद भएको थियो । १४ पोकामा २९६ किलो गाँजा भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीले स्कारपिओ गाडीको स्कटिङमा रहेको प्रदेश २–०३–००९ प ०९९७ नम्बरको २२० मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

42
Shares
२४ माघ २०८१, बिहीबार १६:२०