काठमाडौँ — भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकपमा नेपालको महिला र पुरुष दुवै टोलीले सहभागिता जनाउने भएको छ । ४३ सदस्यीय नेपाली टोली शनिबार नयाँ दिल्ली जानेछ । यही पुस २९ देखि माघ ६ सम्म हुने प्रतियोगितामा नेपालका १५–१५ पुरुष/महिला खेलाडी, दुई प्रशिक्षक र एक सहायक प्रशिक्षकसहित निर्णायक र संघका पदाधिकारीको सहभागिता रहनेछ ।

खो खो भारतको चर्चित परम्परागत खेलमा पर्छ । त्यसैले पहिलो विश्वकप भारतीय भूमिमै आयोजना हुँदै छ । विश्वकपको यस पहिलो संस्करणमा पुरुषमा २० र महिलामा १९ राष्ट्रको सहभागिता हुनेछ ।

विश्वकप खेल्ने नेपाली पुरुष टिमका हेमराज पनेरु (कप्तान), जनक चन्द, यमन पुरी, वेदबहादुर वली, झलक बिक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, समीर चन्द, विश्वास चौधरी, सुरज पुजारा, रोहितकुमार बर्मा, भरत सारु, गणेश विश्वकर्मा छन् । मुख्य प्रशिक्षकमा बिक्कीराज महर्जन, सहायक प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र टिम म्यानेजरमा छत्रबहादुर शाही छन् ।

नेपाली महिला टिमका खेलाडीमा सरस्वती कडायत (कप्तान), मानमती धामी, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, पूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कञ्चन चौधरी, पुनम थारु, सम्झना बिक र अनिशा गोले छन् । मुख्य प्रशिक्षकमा लक्ष्मीनारायण बैद्य, सहायक प्रशिक्षकमा उषा कवर मगर र म्यानेजरमा कृष्ण पनेरु छन् ।

42
Shares
२७ पुष २०८१, शनिबार १४:४८