काठमाडौँ – जय ट्रफीअन्तर्गत लिग चरणको अन्तिम खेलको पहिलो इनिङ्समा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशविरुद्ध ९ विकेट गुमाएर २ सय २५ रन बनाउँदा इनिङ्स समाप्तिको घोषणा गरेको छ। जवाफी इनिङ्स सुरु गरेको मधेसले ५ रन बनाउँदा नै पहिलो विकेट गुमाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबका लागि बसिर अहमद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेल्दा इमरान शेखले ४२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

भिमले ९३ बलमा ६ चौकाको सहयोगमा ५२ रन बनाए। त्यस्तै, बसिर अहमदले ९८ बलमा ७ चौकाको सहयोगमा ६७ रन बनाएका थिए। मधेसका लागि रञ्जित कुमारले ५ विकेट लिँदा प्रदिप पासवानले २ र अभिषेक तिवारी र हरिशंकर साहले समान १-१ विकेट लिए।

त्यस्तै, अर्को खेलमा बागमती १ सय १२ रनमा अलआउट भयो। इशान पाण्डेले ७१ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। प्रतिक श्रेष्ठ १२ रनमा आउट हुँदा अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। पुलिसका लागि ललित राजवंशीले ४ विकेट लिँदा सर्वन यादवले ३ र कुशल भुर्तेलले २ विकेट लिए।

जवाफी इनिङ्स सुरु गरेको पुलिसले ३५ रन जोड्दा तीन विकेट गुमाएको थियो। तर, अमित श्रेष्ठ र अर्जुन साउदले इनिङ्स सम्हालिरहँदा विकेट पतन रोकिएको छ।
35
Shares
२७ पुष २०८१, शनिबार १४:४१