यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.४ प्रतिशतले र अमेरिकी डलरमा २.५ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७० प्रतिशत रहेको छ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ। कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७६ करोड पुगेको बैंकले जनाएकाे छ। यस्तै चालु आवमा नेपाल सरकारको खर्च रु.५५६ अर्व १२ करोड र राजस्व परिचालन रु.३९९ अर्ब ६० करोड रहेको छ।पाँच महिनामा निर्यात करिब १७ प्रतिशतले बढ्याे
काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ काे पछिल्लाे पाँच महिना नेपालबाट अन्य देशमा निर्यात १६.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंककाे आर्थिक अनुसासन विभागले हालै एक सूचना सार्वजनिक गर्दै चालु आवमा आयात ३ प्रतिशतले र निर्यात १६.५ प्रतिशतले बढेको जनाएकाे हाे।