लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दाका लागि उनी काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका हुन्। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको मुद्दा पनि उनीमाथि लागेको छ।बिहीबार कास्की जिल्ला अदालतको आदेशबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो। अदालतको आदेशानुसार रू ६५ लाख धरौटीवापतको बैंक ग्यारेन्टी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए।