दोस्रो दिन सहज जित निकाल्ने क्रममा प्लेयर अफ द म्याच बनेका कुशल भुर्तेलले पुलिसका लागि अलराउन्डर प्रदर्शन गरे। टस हारेर पहिले ब्याटिङ गरेको मधेशले पहिलो इनिङमा मयन यादवको अर्धशतकमा १ सय २९ रन बनाएको थियो।
जवाफमा पुलिसले ५९ ओभरमा ४ विकेट गुमाएर २ सय ५८ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गर्याे। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधि ६३ रन बनाउँदा दिलिप नाथले ४० रन बनाए। त्यस्तै अमित श्रेष्ठले ३५ रन बनाउँदा आरिफ शेखले ४० रन बनाए। त्यस्तै अर्जु साउद २२ रनमा रिटायर्ड हर्ट हुँदा शंकर राना ३१ रनमा अविजित फर्किए।मधेशका लागि हरिशंकर साहाले २ र अभिशेक तिवारी र रुपेश सिंहले समान १(१ विकेट लिए। पहिलो इनिङमा १ सय २९ रनले पछि परेको मधेशले दोस्रो इनिङमा पनि आफूलाई समाल्न सकेन्। मधेश दोस्रो इनिङमा ९४ रनमै अलआउट हुँदा इनिङ र ३५ रनले पराजित भयो।
मधेशका लागि विशाल पटेलको २७ रन सर्वाधिक रह्यो। त्यस्तै मयन यादवले २२ र हिमान्सु दतले १७ रन बनाए। मधेशलाई सस्तैमा अलआउट गरने क्रममा कुशल भुर्तेलले ४।२ ओभर बलिङ गर्दै २२ रन खर्चिएर ५ विकेट लिए। त्यस्तै गुल्सन झाले ३ विकेट लिए। त्यसअघि गुल्सनले पहिलो इनिङमा ५ विकेट लिएका थिए। ललित राजवंशीको नाममा २ विकेट रह्यो।