भूकम्पका कारण मानिसहरु घरबाहिर निस्केका थिए। काठमाडौँ, ललितपुर, भक्तपुर, विराटनगर, धादिङलगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो।
लामो समयावधि भएका कारण भूकम्पको धक्काले ठूलो संख्यामा मानिसहरु घरबाहिर निस्केका थिए।बिहानै ७ रेक्टर स्केलको भूकम्प
काठमाडौं- नेेपाली समयअनुसार मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीनको सीमानाको दिंगे क्षेत्र रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। उक्त भूकम्प ७ रेक्टर स्केलको रहेको र जमिनभन्दा करिब ९० किलोमिटर भित्र केन्द्र रहेको पनि केन्द्रले जानकारी दिएको छ।