सुनसरी । धरान स्थापनाको १२४ वर्ष पुगेको अवसरमा शनिबारदेखि पाँचदिने ‘धरान उत्सव’ सुरु भएको छ । प्रत्येक वर्ष पुस २० गते मनाउने गरिएको धरान उत्सव यसपटक पाँच दिनसम्म मनाउने यसअघि नै घोषणा गरिएको थियो ।

‘घुम्न जाऔं धरान’ नारासहित शनिबार सुरु भएको उत्सवको ८८ वर्षीय ज्येष्ठ नागरिक काजीमान गुरुङले दीप प्रज्वलन गरी उद्घघाटन गरेका छन् । उत्सवको पहिलो दिन स्थानीय सांस्कृतिक र पर्यटन प्रवर्द्धन गर्न सांस्कृतिक झाँकी निकालिएको छ । झाँकीले नगर परिक्रमा गर्दै धरान रंगशालासम्म पुगेको थियो ।

28
Shares
२१ पुष २०८१, आईतवार ०९:१९