नेपाली कांग्रेससँग आवद्ध खेलकुद संघले माघ १० गतेदेखि १७ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी टोलीसहित १० पुरुष टोलीको सहभागिता रहेको आयोजक समितिका संयोजक मोहनबहादुर बस्नेतले बिहीबार कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।
फुटबल प्रतियोगिता आयोजना गर्ने समितिले नै दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना गर्ने भएको छ ।३ दिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ ।
शीर्ष ३ स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिए ।
उत्कृष्ट पुरुष /महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्वर्गीय व्यक्तित्वहरुको सम्मानमा विभिन्न खेलका प्रतियोगिता पनि आयोजना गर्ने बताए ।
यी प्रतियोगिताहरु भने नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्ने छ ।