विराटनगर । शुक्रबार हुने मोरङ जिल्ला अधिवेशनबाट चयन हुने प्याब्सन मोरङको निर्वाचनमा स्पष्ट दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

सुरेन्द्र सुवेदीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विराटनगर–४ स्थित मदरल्याण्ड एकेडेमीका संस्थापक प्रिन्सिपल मोहन बुढाथोकी छन् भने निकटतम प्रतिस्पर्धी भूपू सैनिक विद्यालयका प्रतिनिधि उपेन्द्र कँडेल छन् ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उपेन्द्र कँडेलविरुद्ध निर्वाचन कमिटीमा उजुरी परेको छ । उनी प्रतिनिधि रहेको विद्यालयका सञ्चालक गुठियार नभएकाले उम्मेदवारी खारेजकिो मागसहित उजुरी परेको हो ।

विद्यालयको सञ्चालक गुठियार नै नरहेका व्यक्तिलाई वरिष्ठ उपाध्यक्षमा उठाएर प्रदेश अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष र वर्तमान कार्यसमिति लागेकाले यसको प्रत्यक्ष फाइदा सुरेन्द्र सुवेदीको प्यानलले पाएको छ । प्याब्सनको विधानविपरीत उम्मेदवार बनाइएका कारण अधिकांश प्रिन्सिपलले यसको विरोध गर्दै सुवेदी प्यानलको पक्षमा मत माग्न थालेका छन् ।

3.22k
Shares
१८ पुष २०८१, बिहीबार १८:०८