गीतको भिडियोमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, कलाकार सुवास गजुरेल, उत्तम केसी र सुभेक्षा थापा लगायतलाई देख्न सकिन्छ।
यस्तै गीतमा कलाकारहरू मुकुन्द मैनाली, मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना, अशोक सिवाकोटी, अस्मिता बस्नेत, आसा भुसाल, इच्क्षा सिंह, प्रतीक्षा काफ्ले, मुभ थापा र चन्दा भट्टराईलाई देखाइएको छ।शङ्कर अधिकारी घायलको शब्द, विकाश चौधरीको सङ्गीत र नारायण थापाको स्वर रहेको गीत ‘गाउँ फर्क’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतले गाउँ घरको कथा र बिदेसिएका नेपालीहरूको कथा समेटेको छ।
निर्देशक घिमिरेका अनुसार यो टेलिश्रृंखला धनकुटाको महालक्ष्मी नगरपालिका–४, चानुवामा छायाङ्कन गरिने र नेपाल टेलिभिजनबाट चाँडै प्रसारणमा आउने छ। उनका अनुसार आम नागरिकले टिकटक, फेसबुक, र युट्युब लगायतको सामाजिक सञ्जालमा गाउँ फर्कको गीतमा अडियो लिई भिडियो बनाउँदा कुनै कपिराइट नलाग्ने बताए। गीतको भिडियो सम्पादन श्रीभा सञ्चारको स्टुडियोमा उपेश कोइराला र सुरज ढकालले गरेका हुन्।