पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो ।
निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे ।मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे पनि दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोकेका थिए । कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
खेलको ४५ औँ मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । ७८ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए ।खेलको ८८ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । तर, अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरी गरे । दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र उपविजेतामै सीमित बन्यो ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख पाँच सय ५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता मछिन्द्रले पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ ।
खेल अवधिभर ६ गोल गरेका समीर तामाङ सर्वोत्कृष्ट खेलाडी र हाइ स्कोररका दुई उपाधिसहित स्कुटरसहित नगद १५ हजार प्राप्त गरे ।
चर्च ब्वाइजकै कृश्चल मोक्तान उत्कृष्ट गोलरक्षक, चर्च ब्वाइजकै देवेन्द्र तामाङ वेष्ट डिफेन्स, चर्च ब्वाइजकै दिपेश गुरुङ वेष्ट मिल्डर, चर्च ब्वाइजकै सुमन श्रेष्ठ बेष्ट कोच घोषित हु‘दै जनही १० हजारका दरले पुरस्कृत भए ।
मछिन्द्र क्लबका विजु भुजेल वेष्ट प्लेयर र मच्छिन्दकै सनिष श्रेष्ठ फाइनल खेलका म्यानलाई म्यान अफ दि म्याच र यस्तै आयोजक फिदिम स्पोर्टिङ क्ल्वका मनिष क्षेत्री राइजिङ प्लेयरका रूपमा पुरस्कृत भए ।