विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी, जनसंख्या तथा विकास केन्द्र र कलेज अफ लमा खेल सप्ताह सम्पन्न भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा पुस सात गतेदेखि शुरू भएको खेल कार्यक्रम आइतवार सम्पन्न भएको हो । टेबल टेनिस पुरूष तर्फ एलएलबी प्रथम वर्षका अमित कोइराला प्रथम भएका छन् भने एलएलबी दोस्रो वर्षका चिरञ्जीवि साह द्वीतिय भएका छन् । टेबल टेनिस छात्रा तर्फ बीए एलएलबी तेस्रो वर्षकी ऋचा वस्ती प्रथम र द्वीतिय सोही वर्षकी कृतिका पुडासैनी भएकी छिन् ।

त्यसैगरी ब्याडमिन्टल महिला डबल तर्फ बीए एलएलबी तेस्रो वर्षका मुना कार्की र कृतिका पुडासैनीको समूह प्रथम र सोही वर्षका दिक्षा कार्की र नितिला खतिवडाको समूह द्वीतिय भएको छ ।

ब्याडमिन्टन पुरूष डबल तर्फ बीए एलएलबी चौथो वर्षका रंजित लावती र पवन बुढाथोकीको समूह प्रथम र बीए एलएलबी तेस्रो वर्षका अमन महतो र समिर चौधरीको समूह दोस्रो भएको छ ।
छेलो महिला तर्फ बीए एलएलबी दोस्रो वर्षकी गृष्मा चिमरिया प्रथम, सोही वर्षकी प्रमिला खड्का दोस्रो र चौथो वर्षकी सोनिया आङ्दम्बे तेस्रो भएकी छिन् ।

छेलो पुरूष तर्फ बीए एलएलबी दोस्रो वर्षका मोहम्मद आसिफ रेजा प्रथम, सोही वर्षका रविन्द्र साह दोस्रो र चौथो वर्षका प्रकाश राई तेस्रो भएका छन् ।

त्यस्तै फुटवल महिला तर्फ बीए एलएलबी चौथो वर्षको समूह पहिलो भएको छ भने दोस्रो वर्षको समूह द्वीतिय भएको छ । फुटवल पुरूष तर्फ पनि बीए एलएलबी चौथो वर्ष पहिलो भएको छ भने पहिलो वर्ष दोस्रो भएको छ ।

भलिवल महिला तर्फ बीए एलएलबी दोस्रो वर्ष प्रथम भएको छ भने जनता क्याम्पस द्वीतिय भएको छ । भलिबल पुरूष तर्फ बीए एलएलबी चौथो वर्ष पहिलो भएको छ भने तेस्रो वर्ष दोस्रो भएको छ ।

डोरीतान महिला तर्फ बीए एलएलबी चौथो वर्ष प्रथम भएको छ भने तेस्रो वर्ष दोस्रो भएको छ । डोरीतान पुरूष तर्फ बीए एलएलबी पहिलो वर्ष प्रथम र दोस्रो वर्ष द्वीतिय भएको छ । क्रिकेट पुरूष तर्फ बीए एलएलबी तेस्रो वर्ष प्रथम र पहिलो वर्ष द्वीतिय भएको छ ।

त्यसैगरी चेस महिला तर्फ दिक्षा भगत प्रथम र दयादेवी पोखरेल द्वीतिय भएका छन् । चेस पुरूष तर्फ शिव लुईंटेल प्रथम र रंजित लावती द्वीतिय भएका छन् । एक सय मीटर महिला दौड प्रतियोगितामा प्रमिला खड्का प्रथम, रिजा निरौला द्वीतिय र काजल कुमारी राजवंशी तृतिय भएका छन् । एक सय मीटर पुरूष दौड प्रतियोगितामा अभिशेक राई प्रथम, धिरज पटेल द्वीतिय र यश कुशवाह तृतिय भएका छन् ।

विजयी खेलाडीहरूलाई माघ २१ गते सरस्वती पूजाको दिन पुरस्कृत गरिने क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले जानकारी दिए ।

28
Shares
१४ पुष २०८१, आईतवार १९:२८