पुस १२ गते भएको कार्यसम्पादन समीक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि मङ्सिर महिना सम्म प्रहरी कार्यालयहरूद्वारा गरिएका कार्य प्रगति विवरण सम्बन्धी समीक्षा, छलफल तथा अन्तरक्रिया गरेका छन् ।
समीक्षामा मुद्दाको फर्छ्यौट, प्रमाणमुखी अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साइबर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरूको खोजतलास, पहिचान नभएका लाशको पहिचान, अपराध पीडितलाई कारबाहीको प्रगति विवरण सुसूचित, सवारी दुर्घटना न्यूनीकरणमा विशेष पहल, प्रहरीलाई नियमित अभ्यास तथा प्रशिक्षण, संवेदनशील इलाकाहरूमा थप सिसि क्यामेरा जडान तथा स्तर वृद्धि, समुदाय साझेदारी कार्यक्रम अन्तरगत विभिन्न सचेतना कार्यक्रम सञ्चालन लगायतका विषयहरूमा जिल्ला प्रहरी कार्यालय लगायत मातहत इकाईहरूबाट गरिएका कार्यहरूको समीक्षा गरिएको थियो ।कोशी प्रदेश प्रहरी प्रमुखद्वारा कार्य सम्पादन समीक्षा
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरू, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरूसँग भर्चुअल माध्यमद्वारा पाँचौँ मासिक कार्य सम्पादन समीक्षा गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् ।