विपद्मा परेका व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा आर्थिक सहयोग पुरयाएर उनले समाजोपयोगी काम गरेका हुन् । एक करोड रुपैयाँको ‘व्यवसायी राहत कोष’स्थापना गर्दै त्यसको व्याजबाट विपद्मा परेका व्यवसायीलाई सहयोग गर्ने उद्योग वाणिज्य संघको अभियानमा आचार्यले १५ हजार एक सय रुपैयाँ सहयोग गर्दै कोष बृद्धिमा इँटा थपेका हुन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा उनलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्र समेत प्रदान गरयो ।
नेपाली भाषा–साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुखको परिभाषा दिँदै भनेका छन् – ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ ?’ म खाउँ मै लाउँ, अरु सबै मरून् दुर्बलहरू भन्ने भावनाले वास्तविक आनन्द प्राप्त हुँदैन । परोपकारमा वास्तविक पुण्य छ । धर्म भनेकै मानवताको सेवामा निहीत छ भनेझैं आचार्ययले पनि संघको कोष वृद्धिमा आर्थिक सहयोग गर्दै परोपकारी भावना जागृत गराइदिएका छन् ।‘वल्र्ड क्लीनअप डे लिडर्स एकाडेमी एशिया’ नाम दिइएको अन्तर्राष्ट्रिय कार्यक्रममा समेत नेपालको प्रतिनिधित्व गर्दै कन्ट्री लिडरका रुपमा सहभागी भएका विष्णुले नेपालमा समेत विभिन्न कार्यक्रम गरेर अलग्गै पहिचान बनाएका छन् । उनै विष्णुले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको राहत कोष वृद्धिका लागि सयौं दाताहरुलाई जोड्ने काम गरेको भन्दै उनको संघका पदाधिकारीले उच्च प्रशंसा गरेका छन् ।
व्यवसायी राहत कोषमा १० लाखबिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा १० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । बिर्तामोडका सामाजिक व्यक्तित्व तथा व्यवसायीहरुले कोष वृद्धिका लागि सहयोग गरेसंगै कोषमा रकम जम्मा हुने क्रम बढेको हो । दाताले कोष वृद्धिका लागि विभिन्न अवसर पारेर कोषलाई सहयोग पु¥याउँदै आएको संघका महासचिव कुशल खतिवडाले बताए । दिनहुँजसो व्यवसायीले सहयोग रकम लिएर कोष वृद्धिका लागि संघमा आउने गरेको खतिवडाको भनाई छ ।