मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले पक्राउ पर्नेमा कटहरी गाउपालिकाका १४ का मोहम्मद रमजान, सोनुकुमार दास र भारतको अररियाका मोहम्मद गुल्जार पक्राउ परेको बताए ।
प्रवक्ता जोशीका अनुसार जहदाका राजेन्द्र ऋषिदेवकी २३ वर्षीय छोरी मंगलबार बिहान घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । दिउँसो मध्यान्ह करिब साढे १२ बजे बेपत्ता अवस्थामा रहेकी महिलालाई कटहरी गाउँपालिका -२ कदमगाछिस्थत बासझ्याङमा अर्धचेत अवस्थामा फेला परेकी थिइन् ।स्थानीय र प्रहरीले महिलालाई मुखमा कपडाले बाँधेर हातखुट्टाबाधेको अवस्थामा फेला पारेका थिए । प्रहरीले महिलालाई विराटनगरको कोशी अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो ।