यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिकविद्यालयकाविद्यार्थीहरूलाई प्रदानगरिने छन् । शनिबार समापनभएको ऐतिहासिकएनपीएलमाकुल६५३ चौका हानिकाथिए । यस वापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिककुल २६१२ वटा शैक्षिक सामग्रीविद्यार्थीहरुलाई वितरण गर्ने पक्काभएको छ ।
क्रिकेटदेखि कक्षाकोठासम्मको यस नविनपहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धनगर्दै उज्ज्वलभविष्यकालागिअवसरहरूको ढोका खोल्न मद्दत पु¥याउने विश्वास लिएको छ । विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमाआवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुलब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौकाहानेर१४० वटा शैक्षिक सामग्रीवितरण सुनिश्चित गरेका छन् । त्यस्तै दोश्रोमापोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमालुम्बिनीलायन्सका रोहितकुमार पौडेल २६ चौका वापत १०४ शैक्षिक सामग्रीको वितरण पक्काभएको छन। त्यसैगरी चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सकासैंफ जैबप्रत्येकले २४चौका हानेर १९२शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए ।
“क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिककार्य दुवैका हिसाबले यो एनपीएलएकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिककार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरुप्रदान गर्न यो पहलकदमी गर्न पाउँदाहामीअत्यन्तखुसि छौ र यसको लागिहामीक्रिकेट एशोसिएसन नेपाल (क्यान)तथाप्रत्येक खेलाडीलाई बधाई तथाधन्यवाददिन चाहन्छौं । शैक्षिक सामग्रीवितरणको लागिहामीक्यान, सम्बन्धित टिमहरु अन्य सरोकारवालाहरुसँग सहकार्य गर्नेछौं,” एनसेलकीकर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमाअझै रोमाञ्चकताथपेको थियो । यसले सहयोग र स्रोत बढि आवश्यकताभएकाहरुसम्म आवश्यक सहयोग पु¥याउँनमद्दतगर्दछ ।सामुदायिकविद्यालयकालक्षितविद्यार्थीहरुसम्म यी सामाग्रीहरु पुर्याउनकालागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।
कोशेढुङ्गा सावितभएको यो एनपीएल, नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्नसहयोगीसिद्ध भएको छ । एनपीएलकालागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामीतपाईंकै लागि’भन्ने थिम र नेपालमाक्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो । एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिकआवश्यकताहरू पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायहरूको समृद्धिमा योगदान पु¥याउन प्रतिबद्ध रहेको छ ।