काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाका कारण पार्टीभित्र गुट फस्टाएको आरोप लगाएका छन्। काठमाडौँमा कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सोमबार उनले सभापति देउवाले सबै नेताको कुरा नसुन्दा पार्टीभित्र गुटबन्दी सप्रिएको बताए।

आफूलाई भागबण्डामा लागेको आरोप लगाइए पनि सभापति देउवाका कारण त्यसो गर्न बाध्य भएको आरोप पनि उनको थियो। सभापति देउवाले सबै नेताको कुरा सुनेर चित्त बुझाउन नसक्दा आफू बाध्य भएर ४०/६० को भागबण्डामा लागेको नेता कोइरालाको भनाइ थियो।

सभापतिले कुरा नै नसुनेपछि राजनीति गर्नेहरूलाई अप्ठ्यारो परेको आरोप पनि कोइरालाले लगाए। ‘सभापतिजीले गर्दा पार्टीभित्र गुटगत राजनीति फस्टायो,’ उनले भने।

गुटलाई फस्टाउने काम सभापतिले नै गरेपछि अप्ठ्यारो परिस्थिति सिर्जना भएको पनि उनले बताए।

35
Shares
९ पुष २०८१, मंगलवार ०५:११