विराटनगर । विराटनगरको एयरपाेर्टमाेडमा रहेकाे तृष्णा रेन्टुरेन्ट सञ्चालकमाथि निर्घात कुटपिट भएकाे घटनामा संलग्न भएको आरोपमा प्रहरीले रुस्तम उप्रेतीलाई पक्राउ गरेको छ ।
शुक्रबार राति रेन्टुरेन्ट बाहिर रुस्तममाथि रेन्टुरेन्टका बाउन्सरलगायतले कुटपिट गरेका थिए । त्यसको बदलामा रुस्तमसहित युवाहरुको समूहले शनिबार दिउँसाे रेन्टुरेन्ट सञ्चालक विजय अग्रवालमाथि कुटपिट गरेका थिए । टाफिक चाेक स्थित कपडा पसलमा बसिरहेका बेला ८–१० जना युवाहरुको समूहले अग्रवालमाथि आक्रमण गरेको थियो ।
अग्रवालको उजुरीपछि प्रहरीले आज रुस्तमलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार होटलका बाउन्सर बब्लु मियाँ पनि पक्राउ परेका छन् । दुवैलाई प्रहरीले आज पक्राउ गरेको हो ।प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
शुक्रबार राती विराटनगर एयरपोर्ट रोडस्थित तृष्णा रेन्टुरेन्टका कर्मचारीहरुले सामान्य विवादमा रुस्तममाथि सांघातिक आक्रमण गरेको भिडियो सार्वजानिक भएको थियो । हाेटल बाहिर रुस्तम उप्रेती, गौतम भगत र गोपाल दासमाथि तृष्णाका कर्मचारीले हातपात प्रहरी स्रोतले बताएको छ । सोही घटनाको बदलामा तृष्णाका लगानीकर्ता विजय अग्रवाललाई टाफिकचौक स्थित कपडा पसलमा शनिबार दिउँसो सांघातिक आक्रमण भएको थियो । प्रहरीले दुवै घटनामाथि अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।