आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी समूहमा स्वर्णपदक जित्न सफल विद्यार्थी आलिम साफीलाई कलेजले सम्मान गरेको छ ।
त्यस्तै राष्ट्रपति रनिङ शिल्ड छात्रतर्फको कबड्डीमा प्रथम हुने र छात्रातर्फ तृतीय हुने विद्यार्थीहरुलाई पनि कलेजले सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कलेजले उसु र छात्रतर्फको कबड्डीमा स्वर्णपदक जित्न सफल भएको थियो ।त्यस्तै छात्रातर्फ रजतपदक जितेको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अमित ढकाल, प्राचार्य सीएम श्रेष्ठ, निर्देशक दीपेश बास्तोला, मनिष भट्टराई, गजेन्द्र पण्डित, दुर्जय थापा, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले अविर र खादा लगाएर सम्मान गरेका थिए ।
मोरङको कटहरीस्थित योङ हर्ट ग्रुपले आयोजना गरेको अण्डर–१९ फुटबल प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।सोही अवसरमा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ११ को विज्ञानतर्फ अशोककुमार मण्डल, हस्तबहादुर बुढाक्षेत्री, परिणाम भण्डारी, कक्षा १२ का मञ्जिल दाहाल, विवश सापकोटा र अनुराधा यादवलाई नगदसहित सम्मान गरिएको कार्यक्रम संयोजक मनोज तिवारीले जानकारी दिए ।
त्यस्तै व्यवस्थापनतर्फको कक्षा ११ मा प्रथम हुने जेयाकुमारी पोद्धार, द्वितीय हुने प्रशान्त धामी र तृतीय हुने साक्षी माझीलाई सम्मान गरियो । व्यवस्थापनतर्फकै कक्षा १२ को त्रैमासिक परीक्षामा प्रथम हुने प्रतिमा सिग्देल, द्वितीय हुने अभिशेक ठाकुर र तृतीय हुने पर्वत राजभोर पनि सम्मानित भएका छन् ।
त्यस्तै ११ र १२ कक्षाका विज्ञान र व्यवस्थापन दुवै संकायका उत्कृष्ट १५–१५ जना विद्यार्थीलाई पनि खादा र अविर लगाएर सम्मान गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद र अरु उत्कृष्ट विद्यार्थीलाई खादा र अविरले सम्मान गरिएको प्राचार्य सीएम श्रेष्ठले बताए ।
उनले अरु विद्यार्थीलाई पनि यसरी नै पुरस्कार र सम्मान प्राप्त गर्ने गरी उत्कृष्ट हुन आग्रह गरे । अध्यक्ष अमित ढकालले पाठ्यक्रमसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुनेगरी अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए ।
निर्देशक दीपेश बास्तोलाले राष्ट्रपति रनिङ शिल्ड र कटहरीमा आयोजित फुटबल प्रतियोगिताले अर्किडका विद्यार्थी हरेक क्षेत्रमा अब्बल छन् भन्ने कुराको प्रमाणित गरेको दाबी गरे । उनले निकट भविष्यमै आयोजना हुने हिसान कपमा पनि उत्कृष्ट हुनेगरी तयारी थाल्न आग्रह गरेका थिए । विद्यार्थीहरुको चौतर्फी विकासका लागि अर्किडले अध्ययनसँगै खेलकुद, कविता, वक्तृत्वकला, चित्रकला, वादविवादलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै प्राचार्य श्रेष्ठले जानकारी दिए ।