विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को समेत सहआयोजना रहेको कार्यशाला आदर्श माविमा भएको थियो । कार्यशालामा सहभागी विज्ञान शिक्षकहरुलाई भारतबाट आएका डा. रफिक रासिद शेखले प्रशिक्षण दिएका थिए । उनले शिक्षकहरुलाई फोल्डस्कोप (सानो माइक्रोस्कोप) का बारेमा जानकारी दिनुका साथै त्यसको उपयोग गरी शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण दिए ।

उनले विज्ञान शिक्षकहरुलाई सूक्ष्मदर्शी जीवदेखि विशाल ब्रम्हाण्डलाई अवलोकन गर्न विभिन्न स्रोत साधनहरुबारे जानकारी दिऐ । सहभागी सबै शिक्षकहरुलाई एक–एक थान फोल्डस्कोप उपलब्ध गराएका थिए ।

समापन समारोहमा महानगरपालिकाका मेयर नागेश कोइरालाले सहभागी शिक्षक–शिक्षिकाहरुलाई प्रमाणपत्र प्रदान गरे । मेयर कोइरालाले खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले निकै महत्वपूर्ण कार्य गरिरहेको आफूले पाएको बताए ।

21
Shares
७ पुष २०८१, आईतवार १७:३१