विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक गुणस्तर वृद्धि र रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

प्याब्सन विराटनगरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयलाई सँगसँगै लान सकेमात्रै शिक्षाको गुणस्तर वृद्धि हुने बताए ।

उनले कमजोर र कम विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयलाई मर्जर गर्ने नीति महानगरले लिएको उल्लेख गरे । मेयर कोइरालाले संस्थागत विद्यालयहरुले पनि कमजोर विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

मेयर कोइरालले नवनिर्वाचित अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा, सचिव चिरञ्जीवि तिम्सिना, कोषाध्यक्ष गोपाल रिजाललगायतलाई खादा लगाएर बधाई तथा शुभकामना दिए ।
14
Shares
५ पुष २०८१, शुक्रबार ०६:११