मंगलबार झिनो अंकले बढेको नेप्से बुधबार झिनो अंकले घटेको हो। मंगलबार २.९५ अङ्कले बढेर २६३३.८७ को विन्दुमा नेप्से बन्द भएको थियो । मंगलबार ८९ लाख ३९ हजार ३४८ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो।
झिनो अंकले घट्यो सेयर बजार
सेयर बजार परिसूचक नेप्से बुधबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक बुधबार ५.६० अङ्कले घटेर २६२८.२६ को विन्दुमा बन्द भएको छ। बुधबार बजारमा ८१ हजार ४७ हजार ३२० कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ।