प्रतियोगिता लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुने तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी गरी पाँचवटा प्रदेशका महिला र पुरुष गरी ८४ जना ‘फाइटर’हरूको सहभागिता रहनेछ। प्रतियोगितामा जुनियर/सिनियर (एमेच्योर/प्रोफेशनल) तर्फ कूल ४२ फाइट तय गरिएको छ।
प्रतियोगिताको पुरुष ‘प्रोफेशनल’तर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँ तथा महिलातर्फको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ।अन्य फाइटमा महिला र पुरुषतर्फ ८/८ विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले नगद १० हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन्। पुरुषतर्फको मेन इभेन्टका विजेताले नगद २५ रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ।
पोखराभन्दा बाहिरबाट आउने खेलाडीलाई विशेष आकर्षक उपहार प्रदानसँगै आवासको सुविधा उपलब्ध गराइने र तीनजना उदीयमान खेलाडीलाई नगदसहित सम्मान गरिने जनाइएको छ। नेपाल राष्ट्रिय मुआथाई सङ्घ र गण्डकी प्रदेश मुवाथाई सङ्घको स्वीकृति एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्ने जनाइएको छ।