विस्कन्सिन राज्यको निजी क्रिस्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने १७ वर्षीय किशोरी रहेकी बीबीसीले जनाएको छ । गोली चलाउनुको कारण खुलेको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।
प्रहरीले परिवारको सहयोगमा ती किशोरीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि विद्यालयसँगैको सडक पनि बन्द गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो वर्ष मात्रै अमेरिकाभर विद्यालयमा ३८ वटा गोलाबारीका घटना भएका छन् ।अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । विद्यालयकै एक छात्राले गोली चलाएको र दुई जनाको ज्यान गएको प्रहरीको भनाइ छ । घटनामा अरु छ जना विद्यार्थी घाइते भएका छन् ।