धरान । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरान प्राचीन शहर रहेको बताएका छन् । सोमबार धरान मेघा हिमालयन कलेजमा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । धरान विभिन्न जातजाति, संस्कृतिको उद्गमस्थल पनि रहेको मुख्यमन्त्री कार्कीले बताए ।

‘धरानमा पर्यटनको सम्भावना छ यहाँ धेरै मठमन्दीरहरु छन् जसमा बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर, दन्तकालि मन्दिर लगायत वराहक्षेत्रको सङ्गम, विष्णु पादुका मन्दिर लगायत धरान, सप्तकोसी नदी लगायत तराईका फाँटहरू देखिने चिन्डे डाँडा लगायतका धार्मिक स्थल र रमणीय ठाउँहरू भएकोले यी सबैलाई व्यवस्थित गरी लैजान सके धरान प्रदेशको सबै भन्दा राम्रो पर्यटन क्षेत्र बन्न सक्छ’ मुख्यमन्त्री कार्कीले भने ।

‘धरान खेलकुदको सहरको रूपमा पनि परिचित छ, यहाँ खेलकुद खेल्न मात्र होइन सिकाउनको लागी एन्फा एकेडेमी, बास्केटबल पनि त्यतिकै चर्चित, शिक्षामा पनि धरानमा धेरै क्याम्पसहरू रहेकोले धरान हरेक क्षेत्रमा अगाडी रहेकोले धरान धार्मिक स्थल, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै क्षेत्रमा अगाडी रहेकोले यसको लागी धरान उपमहानगरपालिकाले सहकार्य गरे कोशि प्रदेश लगायत केन्द्र सरकारले पनि सहयोग गर्ने तयार छ’ मुख्यमन्त्री कार्कीले थपे ।

खेलकुदको विकासको लागी बजेट विनियोजन गरेर मात्र नहुने बताउँदै खेलकुदको विकासको लागी व्यवस्थापन सही हुनु पर्ने, नीति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरू राम्रो हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।

21
Shares
१ पुष २०८१, सोमबार १९:५४