विराटनगर । ‘मिल्स फार्क फुटबल प्रतियोगिता’को दोस्रो संस्करण पुस १ गतेदेखि विराटनगरमा हुने भएको छ ।

मिल्स फार्क क्लबले पत्रकार सम्मेलन गर्दै ‘मिल्स फार्क फुटबल’ प्रतियोगिता हुने सार्वजनिक गरिएको हो । क्लबका अध्यक्ष धनकुमार लामाले पुस १ गतेदेखि ६ गतेसम्म हुन लागेको ‘मिल्स फार्क फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

उनले विराटनगर–१५ स्थित जुट मिलको मैदानमा प्रतियोगिता हुने बताए । प्रतियोगितामा मोरङका १२ निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धामा कक्षा १२ का विद्यार्थीहरु खेल्ने छन् । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार र उपविजेताले ३१ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार पाउने छन् । प्रतियोगिता आयोजना गर्दा करिब ५ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

7
Shares
३० मंसिर २०८१, आईतवार १२:२९