काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्ने बताएकी छन्।

महिला हिंसाविरुद्धको ३३ औँ अन्तर्राष्ट्रिय १६ दिने अभियानअन्तर्गत आज राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को सातौँ वार्षिकोत्सव तथा आठौँ स्थापना दिवस समारोहमा उनले लैङ्गिक हिंसा कम गर्न कानुन कडा बनाएर मात्र नहुने भन्दै विद्यालयस्तरबाट नै यससम्बन्धी शिक्षा प्रदान गरिनुपर्ने आवश्यकता औँल्याइन्।

उनले भनिन्, ‘मान्छे शिक्षित हुँदै गए पनि हिंसामा भने कमी आएको देखिँदैन। छोरा र छोरी दुवैले एक अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ। कुनै पनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ।’
14
Shares
२६ मंसिर २०८१, बुधबार ०४:३८