टियू मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने खेलमा कर्णाली तेस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा रहँदा जनकपुर जस्तै लगातार तेस्रो खेलमा जित निकाल्ने ध्याउनमा चितवन रहेको छ।
तुलनात्मक रुपमा कमजोर आँकलन गरिएको चितवनले सनसनिपूर्ण प्रदर्शन गरीरहँदा खेल अघि निकै बलियो मानिएको कर्णाली भने ट्र्याकमा आउन सकेको छैन। चितवनले आफ्नो पहिलो खेलमै काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि सानदार जितसहित ४ अङ्क बनाएको छ।कुशल मल्लको कप्तानीमा लगातार तेस्रो जित लक्ष्य राखेको चितवनले युवा खेलाडीको गतिलो साथ पाएको छ। कुशल सहित रिजन ढकाल रवि पोपरा शरद भेषावकरले टिमलाई राम्रोसँग अघि बढाइरहेका छन्। त्यसोत सोहिल तनविरको बलिङमा अन्य टिम घुमीरहँदा लुक बेनकेन्स्टाइनको अलराउन्डर प्रदर्शनले टिम थप सन्तुलित छ।
त्यसोत कर्णालीमा पनि नाम चलेका स्टार खेलाडी धवनसहित सोमपाल कामी र गुल्सन झा, ओमानका पूर्वकप्तान जिसान मक्सुद, हङकङका बाबर हायत अनी वेष्ट इन्डिजका भेट्रान खेलाडी चाडविक वाल्टन लगायतको साथले बलियो भएपनि मैदानमा भने त्यस्तो देखिएको छैन।यस्तो छ चितवनको टोली:
कुशल मल्ल (कप्तान), रिजन ढकाल, शरद भेषवाकर, विपिन रावल, दिपक बोहरा,अमर रौटेला, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की, गौतम केसी, सलाउद्दीन खान, नरबहादुर सार्की, रभी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), लुक बेन्केन्स्टाइन (इंग्ल्यान्ड) जन निकोल लोफ्टाइ-इटन (नामिबिया), सोहेल तन्वीर (पाकिस्तान)
यस्तो छ कर्णालीको टोली:
सोमपाल कामी (कप्तान), गुलशन झा, अर्जुन घर्ती, दिपक डुम्रे, दिपेन्द्र रावत, युनिस विक्रम ठकुरी, मौसम ढकाल, ऋत गौतम, भुवन कार्की, नन्दन यादव, विपिनप्रसाद शर्मा, देव खनाल, बाबर हायात (हङकङ), चाडविक वाल्टन (वेस्टइन्डिज), जिशान मकसूद (ओमान), शिखर धवन (भारत)