काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको छ । सुदूरपश्चिमले लगातार दोस्रो जित निकाल्दै ४ अंक बनाएको छ भने काठमाडौं ३ खेलमा १ जित र २ हारका साथ २ अंक बटुलेको छ ।
आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । जनकपुरले लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ तालिकामा शीर्ष स्थानमा रहेको छ भने चितवन ४ अंकका साथ दोस्रो स्थानमा छ ।
१ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १५ ओभर ५ बल खेल्दै सबै विकेटको क्षतिमा ९४ रनमै समेटियो । स्टेफन स्किनाजीले ३७ रन, सुमित महर्जनले १४ रन, भीम सार्की र जेर्हाड एरास्मसले समान १० रन बनाए । बलिङ सुदूरपश्चिमका नरेन साउदले ५, अभिनाष बोहोराले २, ब्रेन्डन मक्मेलन र सेफ जेब र १ विकेट लिएका थिए ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा काठमाडौं टस जितेर फिल्डिङ रोज्दै सुदूरपश्चिमलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल बनाएको थियोआज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । जनकपुरले लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ तालिकामा शीर्ष स्थानमा रहेको छ भने चितवन ४ अंकका साथ दोस्रो स्थानमा छ ।