संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ मा रहेको प्रहरी चौकी मंगलबारे (मादिमुलखर्क)को नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले नवनिर्मित प्रहरी चौकीको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटनपछि बोल्दै डीआईजी खापुङले भवन प्राप्त भएसँगै यस क्षेत्रमा बसोबास गर्ने नागरिकहरुमा शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा प्रहरीले प्रदान गर्ने सेवा थप गुणस्तरीय हुने बताए ।

उनले यो संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, संवद्र्धन र विकासमा सबैको साथ र सहयोगको आवश्यक रहेको प्रष्ट पारे ।

सो अवसरमा प्रहरी चौकीलाई जग्गा उपलब्ध गराउने जग्गादाता बुद्धीनारायण कार्कीलगायत भवन निर्माणमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । नवनिर्मित अढाइ तले भवन कोशी प्रदेश सरकारको नियमित बजेट १ करोड ४४ लाख ३० हजार ४ सय ३४ रुपैयाँको लागतमा निर्माण भएको हो ।

21
Shares
२० मंसिर २०८१, बिहीबार ०६:२३