काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देश भरको मौसम मुख्यतया सफा रहने छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जसका कारण पछिल्लो केही दिन यता चिसो बढेको छ ।
२४ घण्टाको अन्तरालमा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने बताइएको छ। जसका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।