काठमाडौं- आफ्नो पहिलो खेल हारेका दुई काठमान्डु गुर्खाज र कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत बुधबारको पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्। करण केसीको कप्तानीमा रहेको काठमाडौं र सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली दुवै पहिलो जित चाहन्छन्।

काठमान्डु गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो भने कर्णाली पहिलो खेलमा जनकपुर रोएल्ससँग ८ विकेटले सहजै पराजित भएको थियो। एनपीएलको चौथो दिन बुधबार गुर्खाज र याक्सबीचको पहिलो खेल टियु मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ।

काठमान्डु गुर्खाज एनपिएलको दोस्रो महंगो टोली तथा उपत्यकाको एक्लो टोली भएकाले समर्थकको बलियो साथको अपेक्षामा छ। तर यो पटक कर्णालीले सुरुवातबाट आक्रमक प्रचारप्रसार खेलाडीको उपस्थितिले अन्य टिमभन्दा चर्चा बटुलेको छ। त्यसैले तुलनात्मक रुपमा यी दुई टोलीकै समर्थक धेरै रहेको मानिन्छ।

यस्तो छ काठमाडौंको टोली
करण केसी (कप्तान), भिम सार्की, शाहब आलम, रसिद खान, शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, दिपेश कँडेल, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, कृष कार्की, माइकल लेभिट (नेदरल्यान्ड्स), स्टेफन एस्किनाजी (इंग्ल्यान्ड), गेर्राड एरासमस (नामिबिया), डन डाउथवेट (इंग्ल्यान्ड)

कर्णाली याक्सको टोली
सोमपाल कामी (कप्तान), गुलशन झा, अर्जुन घर्ती, दिपक डुम्रे, दिपेन्द्र रावत, युनिस विक्रम ठकुरी, मौसम ढकाल, ऋत गौतम, भुवन कार्की, नन्दन यादव, बिपिन प्रसाद शर्मा, देव खनाल, बाबर हायात (हङकङ), चाडविक वाल्टन (वेस्टइन्डिज), जिशान मकसूद (ओमान), शिखर धवन (भारत)
7
Shares
१९ मंसिर २०८१, बुधबार ०९:०४