विराटनगर । मोरङको ग्रामथान गाउँपालीकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । ६९६९ मतसहित विजयी भएका हुन् ।

दोस्रो स्थानमा रहेका कांग्रेसका बलराम सरदार थारु ५३३३ मत ल्याए । एमालेका तुलसीराम विश्वासले ४१५९ मत ल्याएका छन् । राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।

ग्रामथानमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।
35
Shares
१७ मंसिर २०८१, सोमबार ०९:२२