रंगशाला भित्र र बाहिर दुवैतिर दर्शकको भीडका कारण धेरैले खेल हेर्ने मौका गुमाउने स्थिति छ।
उद्घाटन खेलको टिकट यस अघि नै बिक्री भइसकेको जनाइए पनि बिक्री भएको टिकट पुनः रुजु गरिएकाले रंगशालामा दर्शकले सास्ती व्यवहोरिरहेका छन्।शनिवारको उद्घाटन खेल हेर्नका लागि हजारौंले टिकट काटेका छन्। टिकट काट्ने सबै रंगशालामा लाम बसिरहेका छन्।
टिकट पुनः स्क्यान गर्ने र नयाँ कोड लिनुपर्ने बाध्यताका कारण दर्शकहरू रुष्ट बनेका छन्।