दिवंगत पिता नरप्रसाद खरेलको स्मृतिमा उनले उक्त कृति तयार पारेकी हुन् । स्वर्गीय खरेलको सम्झनामा पुस्तक विमोचन विमोचन गरिएको हो ।
झापाको कमल गाउँपालिका वडा ३ स्थित खरेल निवासमा पिताको वार्षिकीमा लगाइएको श्रीमदभागवत महापुराणका अवसरमा कृतिको विमोचन गरिएको हो ।
विभिन्न व्यक्तिहरुले खरेलको योगदानका बारेमा गरेको चर्चा, अभिव्यक्ति र टिप्पणी लगायत सम्झनामा लेखिएका लेखहरु कृतिमा समावेश गरिएको छ ।