रेक्टर कार्यालय अन्तर्गतको समन्वय महाशाखाले डिन कार्यालय, केन्द्रीय विभाग र सम्बन्धित क्याम्पसलाई १० दिन भित्र विवरण पठाउन निर्देशन दिएको हो ।
‘अध्ययन बिदामा गएका शिक्षकको विवरण मागेका छौं । १० दिनभित्र विवरण नपठाए सम्बन्धित निकायका प्रमुख जिम्मेवार हुन्छन्,’ समन्वय महाशाखा प्रमुख दीपक तिवारीले भने ।बिहीबार त्रिविका सबै निकायमा विवरण पठाउने ढाँचासहितको पत्र पठाइएको उनले जानकारी गराए । महाशाखाले नफर्किने प्राध्यापकको विवरण संकलन गरेपछि थप कारबाही गर्ने बताएको छ ।